जेन जी आन्दोलनबाट सक्रिय रूपमा उदाएका युवा नेता जेम्स कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव (उपसचिव) मा नियुक्त भएका छन्। काठमाडौं महानगरपालिका–३१ निवासी कार्की भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनदेखि निरन्तर रूपमा युवाको नेतृत्व गर्दै आएका छन्। निष्पक्ष र सक्रिय भूमिकाका कारण उनले नयाँ जिम्मेवारी प्राप्त गरेको जनाइएको छ। देश र जनताप्रति पूर्ण रूपमा वफादार रहने प्रतिबद्धता व्यक्त गर्दै आएका कार्कीले आफ्नो नेतृत्व क्षमता, सक्रियता र कार्यशैलीका आधारमा यो महत्वपूर्ण जिम्मेवारी पाएको बताइएको छ। उनले झापा–५ मा भएको चुनाव प्रचार–प्रसारमा समेत अग्रसर भूमिका निर्वाह गरेका थिए। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा काम गरेर प्रशासनिक तथा राजनीतिक अनुभव हासिल गरेका कार्कीलाई दक्ष, ऊर्जाशील र परिणाममुखी युवा नेताका रूपमा हेरिएको छ। उनको नियुक्तिले युवा पुस्तामा उत्साह थप्नुका साथै सरकारको कामकारबाहीमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ। Post Views: 34 Post navigation Government Enforces Full-Time Service in Offices, Bans Extended “Khaja Breaks” CPN (UML) leader Ishwar Pokharel urges party leadership to adapt to changing circumstances