काठमाडौँ – नेपाली बजारमा केही दिनको गिरावटपछि सुनको मूल्य पुनः बढ्न थालेको छ। हिजो प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य वृद्धि हुँदै २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। एकै दिनमा १४ हजार ६०० रुपैयाँले मूल्य बढेको हो। पछिल्ला दिनहरूमा निरन्तर ओरालो लागेको सुनको मूल्य अहिले पुनः उकालो लाग्न थालेपछि बजारमा नयाँ चासो देखिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र डलर विनिमय दरमा आएको परिवर्तनका कारण मूल्यमा यस्तो उतारचढाव देखिएको अनुमान गरिएको छ। व्यापारीहरूका अनुसार आगामी दिनमा पनि सुनको मूल्यमा उतारचढाव जारी रहने सम्भावना छ। लगानीकर्ता र उपभोक्ताहरूलाई बजारको अवस्थालाई ध्यानपूर्वक नियालेर निर्णय लिन सुझाव दिइएको छ। Post Views: 61 Post navigation टेलिग्राममार्फत नाबालिकाको तस्बिर सार्वजनिक गर्ने युवक पक्राउ! अमेरिकी र अष्ट्रेलियन डलर घट्दा युरो, पाउण्ड र स्वीस फ्रयांक बढे