काठमाडौँ – नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार बजारमा मिश्रित अवस्था देखिएको छ। अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्दा युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको मूल्य बढेको हो। आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा कायम गरिएको छ। हिजोको तुलनामा डलरमा सामान्य गिरावट आएको हो। यता युरोपियन युरोको मूल्य भने बढेको छ। आज युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा पुगेको छ। त्यसैगरी युके पाउण्ड स्ट्रलिङको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा कायम भएको छ। स्वीस फ्रयांक पनि उकालो लागेको छ। आज यसको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर भने घटेको छ। आज यसको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा कायम भएको छ, जुन हिजोको तुलनामा कम हो। अन्य मुद्राहरूमा पनि सामान्य उतारचढाव देखिएको छ। क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन लगायतका मुद्रामा सानो परिवर्तन भएको राष्ट्र बैंकले जनाएको छ। खाडी मुलुकका मुद्रामा साउदी रियाल, कतारी रियाल, युएई दिराममा स्थिरता नजिकको अवस्था देखिएको छ भने कुवेती दिनार, बहराइन दिनार र ओमानी रियाल उच्च दरमै कायम छन्। राष्ट्र बैंकले आवश्यक परे जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बताइएको छ। Post Views: 30 Post navigation नेपालमा सुनको भाउ फेरि उकालो, एकै दिनमा उल्लेख्य वृद्धि NOC has increased the Fuel price