काठमाडौं — डॉ. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक तथा कानुनी अवरोध हटाउने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले निजी क्षेत्रलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। आज नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग भएको भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा अघि बढाउने नीति अवलम्बन गरिएको बताएका हुन्। “निजी क्षेत्रका पीडा अन्त्य हुन्छन्। हामी तपाईंहरूको साझेदार हौं,” उनले भने। निवेश विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले लगानी वृद्धिसँगै रोजगारी सिर्जनामा विशेष ध्यान दिनुपर्ने बताए। अर्थमन्त्री वाग्लेले भ्रष्टाचार अन्त्य गर्न आफू दृढ रहेको पनि स्पष्ट पारे। देशको अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले वित्तीय अपराधसम्बन्धी नीतिमा परिवर्तन गरिने बताए। सामान्य वित्तीय अनियमिततामा कारावासभन्दा जरिवानालाई प्राथमिकता दिने नीति ल्याइने उनको भनाइ छ। “हामी वित्तीय अनियमिततामा मौद्रिक जरिवानाको नीति ल्याउँछौं। उद्योगी व्यवसायीलाई जेल जानुपर्ने अवस्था हटाइनेछ,” उनले भने। उनले राज्यले निजी क्षेत्रबाट इमानदारीको अपेक्षा गरेको पनि स्पष्ट पारे। – RSS Post Views: 20 Post navigation Gen-Z आन्दोलनका मृतकका परिवार सदस्यलाई विद्युत् प्राधिकरणमा नियुक्ति नेपाल आयल निगमले हवाई इन्धनको मूल्य करिब १००% ले बढायो