काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य देशकै इतिहासमा सबैभन्दा ठूलो वृद्धिमध्ये एक गर्दै करिब १०० प्रतिशतले बढाएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा जेट फ्युलको मूल्य उच्च भएपछि त्यसको असर नेपालमा पनि परेको निगमले जनाएको छ। निगमका अनुसार, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढेर २५१ रुपैयाँ पुगेको छ। यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ पनि हवाई इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ। काठमाडौंमा प्रति किलोलिटर मूल्य ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर पुगेको छ। पोखरामा ८०१ डलरबाट १,७३२ डलर, र भैरहवामा ७८९ डलरबाट १,७१६ डलर प्रति किलोलिटर पुगेको निगमले जनाएको छ। यस मूल्यवृद्धिले हवाई सेवा प्रदायक कम्पनीहरूको सञ्चालन लागतमा उल्लेख्य वृद्धि हुने देखिएको छ। Post Views: 16 Post navigation वित्तमन्त्री वाग्लेले प्रशासनिक र कानुनी अवरोध हटाउने प्रतिबद्धता फेरि ३ लाख रुपैयाँ नजिक पुग्यो सुनको मूल्य, एकैदिन ७,४०० रुपैयाँले वृद्धि