NEA 20240109075208

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले भदौ ८ र ९ मा भएको Gen-Z आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।

कुलमान घिसिङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सहिद परिवारका २७ जनालाई शैक्षिक योग्यताका आधारमा अधिकतम तीन तहसम्म करार सेवामा नियुक्त गर्ने निर्णय गरेको हो। उनीहरूलाई बसोबास नजिकका कार्यालयमा खटाइने जनाइएको छ।

सरकारले Gen-Z आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिसकेको छ भने घाइते, अपाङ्गता भएका तथा सहिद परिवारलाई शिक्षा र रोजगारी लगायत विभिन्न राज्य सहयोग उपलब्ध गराइनेछ।

himalayan digital solution

Leave a Reply

Your email address will not be published. Required fields are marked *