नेपाली बजारमा सुनको मूल्य बुधबार पुनः उकालो लागेको छ। एकैदिन ७,४०० रुपैयाँले बढ्दै सुनको मूल्य फेरि प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्यमा उतारचढाव देखिए पनि समग्रमा बढ्दो प्रवृत्ति कायम रहेको छ। मंगलबार मात्रै सुनको मूल्य ६,७०० रुपैयाँले वृद्धि भएको थियो। यसअघि चैत ३ गते सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन तीन लाख रुपैयाँ नजिकको उच्च मूल्य हो। त्यसपछि चैत १० गते सुनको मूल्य घटेर प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँसम्म झरेको थियो। त्यसयता सामान्य घटबढबीच सुनको मूल्य पुनः बढ्दो क्रममा रहेको छ। यता, बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ४५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९४५ रुपैयाँ रहेको थियो। Post Views: 27 Post navigation नेपाल आयल निगमले हवाई इन्धनको मूल्य करिब १००% ले बढायो SEE Begins Nationwide Under Stricter Guidelines