पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर भएकाले उनलाई भौतिक रूपमा अदालतमा उपस्थित गराउन सम्भव नभएको कारण भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको हो। शनिबार बिहान गुन्डुबाट पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना छन्। शनिबार साँझ र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्न सुझाव दिएका छन्। चिकित्सकहरूको सिफारिस अनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ। यसैबीच काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौं वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ। ओली र लेखक दुवै जना भदौ २३ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन्। Post Views: 19 Post navigation New Ministers of Balen-led cabinet पूर्वमन्त्री दीपक खड्का पक्राउ : मनी लन्ड्रिङ अनुसन्धानमा नयाँ मोड