नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य हो। यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण हुने भएकाले आगामी दिनमा मूल्यमा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ। Post Views: 98 Post navigation Rising Fuel Costs and Regional Conflict Impact Nepal’s Tourism and Aviation Sector यात्रा अवरोधबीच नेपाल एयरलाइन्सको खाडीमा विशेष उडान सुरु