gold

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य हो।

यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण हुने भएकाले आगामी दिनमा मूल्यमा थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।

himalayan digital solution

Leave a Reply

Your email address will not be published. Required fields are marked *