काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले भदौ ८ र ९ मा भएको Gen-Z आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। कुलमान घिसिङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सहिद परिवारका २७ जनालाई शैक्षिक योग्यताका आधारमा अधिकतम तीन तहसम्म करार सेवामा नियुक्त गर्ने निर्णय गरेको हो। उनीहरूलाई बसोबास नजिकका कार्यालयमा खटाइने जनाइएको छ। सरकारले Gen-Z आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिसकेको छ भने घाइते, अपाङ्गता भएका तथा सहिद परिवारलाई शिक्षा र रोजगारी लगायत विभिन्न राज्य सहयोग उपलब्ध गराइनेछ। Post Views: 18 Post navigation पूर्वमन्त्री दीपक खड्का पक्राउ : मनी लन्ड्रिङ अनुसन्धानमा नयाँ मोड वित्तमन्त्री वाग्लेले प्रशासनिक र कानुनी अवरोध हटाउने प्रतिबद्धता