654207351 1336089181886308 7778813768597257812 n

खोटाङमा Air Dynasty को हेलिकप्टर दुर्घटनामा परेको छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेल ले आज उक्त दुर्घटनाको पुष्टि गर्दै मानवीय क्षति नभएको जानकारी दिएकी छन्। उनका अनुसार दुर्घटनामा कुनै जनधनको ठूलो क्षति नभए पनि एक जना घाइते भएका छन्।

दुर्घटना केपिलासगढी गाउँपालिका–२ स्थित बालावेशी क्षेत्रमा भएको हो। मंगलबार दिउँसो करिब १२ बजेर २ मिनेट जाँदा नाइन एन–एएचक्यु दर्ता नम्बरको हेलिकप्टर अवतरण गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

हेलिकप्टरका पाइलट सविन थापा सहित पाँच जना यात्रु सवार थिए। प्रारम्भिक जानकारी अनुसार काठमाडौंबाट पारिवारिक कामका लागि आएको टोली हेलिकप्टरमा रहेको बताइएको छ।

प्रहरीका अनुसार अवतरणका क्रममा आएको तीव्र हावाको वेगका कारण हेलिकप्टर नियन्त्रण बाहिर गई पल्टिएको हो। यस घटनामा स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्।

घाइते राईलाई थप उपचारका लागि अर्को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। पाइलट थापासहित अन्य यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

629777345 122149928420414987 1707959067690584737 n 1773818081

himalayan digital solution

Leave a Reply

Your email address will not be published. Required fields are marked *