सरकारले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्ने भन्सार तथा पूर्वाधार विकास कर ५० प्रतिशत घटाउने निर्णय गरेको छ। यो निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिवा रावलका अनुसार सरकारले यस निर्णयको सूचना नेपाल गजेटमा प्रकाशित गर्ने तयारी गरेको छ। मन्त्री रावलले यस कदमलाई बजारमा इन्धनको मूल्य समायोजन गर्ने व्यावहारिक उपायको रूपमा लिएको बताइन्। सरकारले वर्तमान आर्थिक परिस्थितिका कारण इन्धन मूल्य समायोजन आवश्यक भएको र यसबारे वास्तविकता लुकाउने उद्देश्य नभएको स्पष्ट पारेको छ। Post Views: 11 Post navigation यात्रु बढे पनि घाटामै नेपाल रेल, पाँच वर्षमै ४८ करोडभन्दा बढी नोक्सानी Dr Sunita Ghimire Gautam turns global expertise into Nepal’s biotech revolution