काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ९ गते) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो। आइतबार प्रतितोला १२,५०० रुपैयाँले घटेको सुन सोमबार पुनः ६,५०० रुपैयाँले ओरालो लागेको छ। यससँगै आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन भने सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो। लगातार दुई दिनको गिरावटले सुन बजारमा चासो बढेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरमा आएको परिवर्तनले स्थानीय बजारमा पनि प्रभाव परेको अनुमान गरिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घट्दै प्रतितोला ४,४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पछिल्लो समय सुनको मूल्यमा आएको तीव्र उतारचढावले लगानीकर्ता तथा सर्वसाधारणलाई समेत प्रभावित बनाएको छ। बजार विश्लेषकहरूका अनुसार आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार मूल्यमा थप परिवर्तन हुन सक्ने देखिन्छ। Post Views: 83 Post navigation पर्यटन उद्यमीदेखि संसद्सम्म: शोभा खनालको नयाँ राजनीतिक यात्रा नेपाल वायुसेवा निगमको काठमाडौं–दुबई रुटमा थप उडान, प्राथमिकतामा पुराना यात्रु